तस्बिर:गाेरखापत्रअनलाइन
काभ्रेपलाञ्चोक। जिल्लाको नमोबुद्ध नगरपालिका–३, दाहालचौरमा निर्माणाधीन कृषि उपज तथा कोल्ड स्टोर (शीतभण्डार) निर्माण गर्दा उपभोक्ता समितिबाट गर्न सकिने सीमाभन्दा बढीको निर्माण कार्य गरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदनमा सार्वजनिक खरिद नियमावलीले उपभोक्ता समितिबाट कार्य गराउन सकिने सीमाभन्दा बढीको निर्माण कार्य गराएको भन्दै एक करोड २२ लाख छ हजार ७७६ रुपियाँ अनियमित भएको देखाएको छ ।
नगरपालिकाले ‘नेपाल जलवायु नमुना कार्यव्रmम’ अन्तर्गत कृषि उपज तथा शीतभण्डार निर्माण गर्दा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ (१), ३९ (५) र ४१(१) मा स्थानीय तहको स्वामित्व र भोगाधिकारमा नभएको सार्वजनिक जग्गामा नक्सा पास नै नगराई नगरपालिकाले कृषि उपज तथा कोल्ड स्टोर निर्माण गरेको महालेखाको लेखा परीक्षणमा उल्लेख छ ।
प्रतिवेदनमा नगरपालिकाले कोल्ड स्टोर भवन निर्माण गर्न एक करोड २२ लाख छ हजार ७७६ रुपियाँको लागत अनुमानलाई उपभोक्ता समितिबाट निर्माण कार्य गराउने प्रयोजनले टुक्य्राएर दुई चरणमा काम गरेको भनिएको छ ।
नगरपालिकाले उपभोक्ता समितिबाट काम गराउनका लागि ९९ करोड २१ लाख ८१६ रुपियाँ र २२ लाख ८४ हजार ९५९ रुपियाँमा कृषि उपज तथा कोल्ड स्टोर निर्माणका लागि उपभोक्ता समितिसँग दुई चरणमा सम्झौता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार उपभोक्ता समितिबाट भवनका लागि जमिन सतह लेभलिङ गर्ने, सोलिङ गर्ने तथा पिल्लर राख्ने लगायतका काम गरेको हो । लेखा परीक्षणमा सोही कृषि उपज तथा शीतभण्डारको भवन निर्माणका लागि पुनः चालु आवमा उपभोक्ता समितिबाट बाँकी रहेको कार्य ठेक्का प्रव्रिmयाबाट गराउन दुई करोड छ लाख ६० हजार ५३१ रुपियाँ ९ (भ्याट र पिएसबाहेक) को लागत अनुमान तयार गरी ३५ प्रतिशतभन्दा घटी अर्थात् एक करोड ३४ लाख १९ हजार ४८६ रुपियाँ (भ्याट र पिएसबाहेक) ठेक्का सम्झौता भएको देखिएको छ । गोरखापत्रअनलाइनबाट