पाटन। ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमण गरी बनाइएको व्यक्तिगत संरचना भत्काएको छ।
मन्दिर र गुठीको जग्गा मिचेको भन्दै ललितपुर महानगरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको महानगरले जनाएको छ।
चाकुपाट सरस्वती खेल गुठीले दिएको निवेदनका आधारमा संरचना भत्काउन महानगरले दिएको निर्देशन नमानेपछि महानगरले डोजर चलाउनुपरेको हो।
गुठीको भोजमा प्रयोग हुने सो जग्गा संरक्षण गर्न गुठियारको चाहनाबमोजिम मात्र काम हुने बताइएको छ।