काठमाडौं। सानिमा बैंक लिमिटेडको ६८ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । प्रतिकित्ता १५० रुपैयाँ तोकिएको कम्पनीको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा पेस गर्न सकिने जानकारी कम्पनीले दिएको छ । आवेदन पेस गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।