नवलपुर। नवलपुरको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामका लागि पहिलो चरणमा तीन वटा भवनको ठेक्का लागेको छ। पहिलो चरणमा प्रशासन कार्यालय र दुईवटा एकीकृत भवन निर्माणका लागि टेण्डर भएर सम्झौता हुन लागेको हो।
कावासोतीमा भएको नमुना सदरमुकाम गुरुयोजना भवन निर्माण सम्बन्धी कार्यक्रममा सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख झपट बहादुर थापाले अबको केही दिनमा टेण्डर परेको कम्पनीसँग सम्झौता हुने जानकारी दिएका हुन्। तर टेण्डर परेको कम्पनीको नाम भने सार्वजनिक गरिएको छैन।
भवन निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको २० करोड, अर्थमन्त्रालयले त्यसमा थप गरी सुनिश्चित गरेको ५० करोड र आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको ८० करोड रुपैयाँबाट काम अघि बढाउने आयोजनाले जनाएको छ।