काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटनको तयारी गरिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले भद्रकालीस्थित नवनिर्मित भवनको उद्घाटन गर्ने तयारी रहेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंले अर्को साताबाट नै नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ।
एक अर्बभन्दा बढी लगानीमा तयार भएको भवनबाट २६ असारबाट सेवा प्रवाह गर्न सुरु गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।