म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ। रघुगंगा गाउँपालिकाले एक करोड ६७ लाख लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो।
नयाँ भवन हस्तान्तरण भएपछि सेवा सञ्चालनको तयारी गरेको गाउँपालिकाले जनाएको छ।
नयाँ भवन निर्माण भएपछि स्वास्थ्य सेवामा सहज भएको कर्मचारीले बताए। स्वास्थ्य सेवा सहज रुपमा लिन पाउँदा स्थानीयले पनि खुशी ब्यक्त गरेका छन्।