काठमाडौं। सैदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १ करोड ७० लाख ४ हजार ९०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले आइपीओ धितोपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
नियुक्तिसम्बन्धी समझदारी पत्रमा समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।