काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने रियाल र रिंगिटको भाउ स्थिर रहेको छ ।
साताको पहिलो दिन आज युरो १ को खरिद मूल्य १४४.२४ रुपियाँ र बिक्री दर १४४.८८ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद खरिद १४३.९२ रुपियाँ र बिक्री १४४.५७ रुपियाँ थियो ।
त्यसैगरी, शुक्रबारका लागि पाउन्ड १ को खरिद दर १७०.०२ रुपियाँ र बिक्री दर १७०.७८ रुपियाँ तोकिएकामा आज भने खरिद १७०.४४ रुपियाँ र बिक्री १७१.२१ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
साथै, आज साउदी रियालको १ को खरिद दर ३५.५३ रुपियाँ र बिक्री दर ३५.६९ रुपियाँ छ, जुन शुक्रबार पनि सोही दर कायम थियो ।
त्यसैगरी शुक्रबार मलेसियन रिंगिट १ को खरिद मूल्य २८.३० र बिक्री मूल्य २८.४३ रुपियाँ रहेकामा आज पनि सोही दर कायम राखिएको छ ।