काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले नयाँ भवनमा कार्यालय सारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबारदेखि भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा सुरु गरेको हो।
यसअघि काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले आइतबारदेखि भद्रकालीमा आफ्नै नयाँ भवनबाट सेवा प्रदान सुरु गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकुमार्फत सेवा प्रदान गर्दै आएको थियो ।