काठमाडौं। मिडिल मोदी हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुला भएको छ।
कम्पनीको ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद शेयर बिक्री खुला गरिएको हो।
कम्पनीले १ः०.६०२४ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ। शेयरधनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका दरले सो शेयर गर्न पाउनेछन् ।
हकप्रद निष्कासन साउन १३ गते बन्द हुने कम्पनीले जनाएको छ ।