कास्की। पोखरा विश्व विधालयले गुणस्तरीय शिक्षा तथा रोजगारीमुलक ज्ञानलाई प्राथमिकता दिँदै आएको हुनाले विधार्थिहरले त्यहाँको शिक्षाको पद्धतिलाई मन पराउनुको साथै यस विश्वविधालयप्रति उनिहरुको अझ बढी विश्वास पनि बढेको छ। जसले विधालयको लोकप्रियतालाई बढावा दिएको छ। त्यसैले यस विश्वविधालयले थप नयाँ विषयहरुमा कक्षा सञ्चालन गर्नको लागि नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाएको छ।
कास्की जिल्लामा रहेको पोखरा महानगरपालिका वडा नं. ३० अन्तर्गत गगनगौंडामा रहेको विश्वविधालयको आफ्नै जग्गामा निर्माण आवश्यक प्रशासनिक भवन तथा अन्य संरचनासहित आवश्यक पर्ने पुर्वाधारहरु पनि निर्माण गर्ने गरी योजना तयार पारीएको छ।
उक्त भवन तथा पुर्वाधारको निर्माण पश्चात थप गुणस्तरीय खोज मुलक शिक्षामा नेपाली विधार्थीको पहँच वढ्ने विश्वासको साथ निर्माण प्रकृया अगाडी बढाइएको हो। भवन निर्माण गर्नु पुर्व नै वातावरणीय प्रभाव मुल्याङकनको प्रकृयालाई अघि बढाइसकेको कुरा विश्वविधालयको प्रशासनले जानकारी दिएको छ।