लमजुङ। लमजुङको छ्याङ्दी खोलामा निर्माण गरिएको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाले व्यापारिक उत्पादन शुरु गरेको छ।
४ मेगावाटको छ्याङ्दी हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले व्यापारिक विद्युत उत्पादन शुरु गरेको हो ।
उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेसनमा जोडिएको कम्पनीले जनाएको छ। दुई सातासम्म आयोजनाबाट परीक्षण उत्पादन गरी प्राधिकरणलाई निशुल्क विद्युत दिएको आयोजनाले गत शुक्रबारदेखि व्यवसायीक उत्पादन शुरु गरेको बताइएको छ।
प्रवर्द्धक कम्पनीले वार्षिक २१.६३ गिगावाट घन्टा विद्युत प्राधिकरणलाई बिक्री गर्नेछ। आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा कुमारी बैंकले ऋण लगानी गरेको छ।