काठमाडौं। नेपाल राष्ट्र बैंकले विहीबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९४ पैसा पुगेको छ।
युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३१ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९६ पैसा छ। आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७० रुपैयाँ ८० पैसा रहेको छ भने विक्रीदर १७१ रुपैयाँ ५७ पैसा रहेको छ।
त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ २६ पैसा र बिक्रीमा ८ रूपैयाँ २९ पैसा रहेको छ । आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ २७ पैसा र बिक्रीमा ८ रूपैयाँ ३१ पैसा रहेको थियो ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३० पैसा र बिक्रीदर ३६ रूपैयाँ ४७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३७ पैसा र बिक्रीदर २८ रूपैयाँ ४९ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ४३७ रूपैयाँ ६८ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ३१ पैसा तोकिएको छ ।