ताप्लेजुङ। पाथीभराको ठुलो फेदीमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ। ५० लाख लागतमा उक्त स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो।
उक्त नव निर्मित स्वास्थ्यचौकी भवनको कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बोले उद्घाटन गरेका हुन्।
पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको सुविधालाई मध्यनजर गरी कोशी प्रदेश सरकारको ५० लाख लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो।
उक्त स्वास्थ्य चौकी भवन निर्माण भएपछि अब पाथीभरा दर्शन गर्न जाने भक्तजनहरुलाई पनि सहज हुने भएको छ। स्वास्थ्य सेवा पाउँने भएपछि स्थानीय पनि खुशी भएको छन्।