काठमाडौं। आजको लागी विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकले आजको लागी विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको हो।
आज निर्धारण गरिएको दर अनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । यसैगरी, अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४ पैसा निर्धारण गरिएको छ।
उता युरो एकको खरिददर १४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ। पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ १ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा रहेको छ ।
