काठमाडौं। चितवनको सिमलतालबाट त्रिशूलीमा दुईवटा बस खसेर बेपत्ता भएकामध्ये हालसम्म १९ जनाको शव भेटिएको छ।गत असार २८ गते दुई वटा बससँगै बेपत्ता भएका ६२ जनामध्ये हालसम्म १९ जनाको शव भेटिएको हो।
भेटिएका शवमा १४ जनाको सनाखत भएर परिवारले शव बुझेका छन् भने बाँकी ५ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
गत असार २८ गते शुक्रवार वीरगञ्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्स र काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स बस सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो। बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए।