फाईलः फोटो
दार्चुला। पहिरो घर भत्किँदा दुई जना घाइते भएका छन्। बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालामा पहिरो घर भत्किँदा घाइते भएका हुन्।
प्रहरीका अनुसार बिहीबार साँझ स्थानीय हरिसिंह चौक्यालको भान्सा घर भत्किएर उनका १६ वर्षका छोरा र २२ बर्षकी छोरी घाइते भएका हुन्। शर्मिला स्वास्थ्य चौकीमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।