कैलाली। टीकापुरमा झन्डै दुई करोड लागतमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण गरिएको छ। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा एक करोड ८९ लाख लागतमा भवन निर्माण गरिएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा उक्त भवन निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो। हाल ४५ जना बस्न सक्ने नवनिर्मित भवनको तला थप्नका लागि प्रदेशले चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छ।