फाइल तस्बिर
काठमाडौं। कोरला नाकामा भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको छ। कोरला नाकामा भन्सार कार्यालय सञ्चालन गर्नेगरी प्रि–फाइप प्रविधिको ६ कोठा भएको एकतले भवन निर्माण गरिएको हो।
गण्डकी प्रदेश, पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत ४० लाख २५ हजारको बजेटमा भवन निर्माण गरिएको बताइएको छ।
यस अघि कोरला नाकाको नेपालतर्फ भवन थिएन। भवन नहुँदा कर्मचारी र सुरक्षाकर्मीलाई समस्या हुने गरेको थियो। अहिले भवन निर्माणले काम गर्न सहज भएको यहाँका कर्मचारीको भनाइ छ।