कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–९ सुदामे स्थित भुमे आधारभूत विद्यालयमा पहिरोले क्षति पुर्याएको छ। गत असार ३० गते परेको अविरल वर्षाका कारण आएको पहिरोले विद्यालयको पक्की भवनको २ वटा कक्षा कोठा पुरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख भएअनुसार पहिरोले उक्त विद्यालयको शौचालय, खेलमैदान र खानेपानीको धारामा समेत पूर्णरूपमा क्षति पुर्याएको छ।
असार ३० गतेकै पहिरोले पर्वतको पैयु गाउँपालिका–६ साधने स्थित लक्ष्मी भवन आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ। पहिरोले विद्यालयको २ वटा कोठा भत्किँदा ७ थान कम्प्युटर, २ थान प्रिन्टर र अन्य सामग्रीमा क्षति पुगेको तथ्यांकमा उल्लेख छ।