काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तय गरेको छ। बैंकले तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ र बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ।
यसैगरी युरोपियन युरो एकको खरिद दर १४५.४७ रुपैयाँ र बिक्री दर १४६.१२ रुपैयाँ रहेको छ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.३९ रुपैयाँ रहेको छ।
यता अस्ट्रेलियन डलर एकको खरिद दर ८९.४४ रुपैयाँ र बिक्री दर ८९.८४ रुपैयाँ रहेको छ।