बारा। बारा जिल्लाको कोल्हवी नगरपालिकामा एकिकृत भवन निर्माण गरिने भएकाे छ। कृषि तथा पशु सेवाको लागि एकीकृत भवन निर्माण गर्न नगर प्रमुख राम प्रसाद चौधरी र उपप्रमुख लक्ष्मी कुमारी चौधरीले संयुक्त रुपमा शिलान्यास गरेका छन्
आर्थिक करिडोर कार्यालय (रिड)वर्दिवास, महोत्तरीको २ करोड ३९ लाख लागतमा भवन निर्माण गर्न सुरु गरिएको हो। भवन निर्माणका लागि ७ महिनामा काम पूरा गर्ने गरी सि.एम कन्स्ट्रक्सन जोरपाटी काठमाडौंसँग ठेक्का सम्झौता भएको छ।
करिडोरले आफ्नो तेस्रो चरणको भवन निर्माण अन्तरगत उक्त भवन निर्माण गर्न लागेको जनाएको छ। भवन निर्माण पछि कृषि र पशुको एउटै भवनबाट सेवा प्रवाह हुने भएकाले किसान तथा पशु पालकहरुलाई सहज हुने बताइएको छ।