काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तय गरेको छ। बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमय दर सुची सहित रहेको छ।
बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा पुगेको छ।
यसैगरी, युरो एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ७३ पैसा र बिक्री दर १७३ रुपैयाँ ५१ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको बैंकले सुचीमा उल्लेख गरेको छ।
बैंकले तय गरे अनुसारको विदेशी मुद्राको विनिमय दर तल दिइएको सुचीमा हेर्न सकिन्छ।
