काठमाडौं। राप्ती हाइड्रोले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ।
विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
दोर्दी खोला जलविद्युत् कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो। विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।