काठमाडौं। ललितपुरको झम्सीखेलमा अपार्टमेन्ट निर्माण गर्न लागिएको छ। अपि पावर कम्पनी लिमिटेडले २१ करोड रुपैयाँ लगानीमा अपि इन्फ्रा लिमिटेड स्थापना गरेर अपार्टमेन्ट निर्माण गर्न लागेको हो।
जलविद्युत् तथा सौर्य ऊर्जा परियोजना निर्माण गर्दै आएको कम्पनीले लगानी विविधीकरणको क्रममा अपार्टमेन्ट निर्माणमा समेत लगानी गर्ने भएको हो।
कम्पनीले झम्सीखेलमा १ अर्ब २० करोड रुपैयाँ लगानीमा अपार्टमेन्ट निर्माण गर्ने तयारी गरेको जनाएको छ।
अपार्टमेन्ट निर्माण गर्न कम्पनीले ३ रोपनी जग्गा खरीद गरिसकेको छ। १० तलाको अपार्टमेन्टमा ४५ ओटा सुविधासम्पन्न युनिट हुने कम्पनीले जनाएको छ।