सिराहा। सिराहाको नरहा गाउँपालिका–३ जोवहामा प्राकृतिक सामुदायिक वन अतिक्रमण गरी बनाइएको घर टहरा भत्काइएको छ। वन कर्मचारी, सामुदायिक वनका पदाधिकारी र अन्य सुरक्षाकर्मीको सहयोगमा घर खाली गराउने र डोजर लगाएर भत्काउने काम भएको हो।
राजनीतिक संरक्षणमा वर्षौदेखि वनको जग्गा अतिक्रमण गरेर मदिरा पसल सञ्चालन गर्दै आएका पाँच परिवारका पक्की तथा खरका घरहरू कानुनबमोजिम भत्काइएको डिभिजन वन कार्यालय लहानले जनाएको छ।
वन कार्यालयले पटक पटक जमिन खाली गराउन लिखित जानकारी गराउँदा पनि अटेरी गरेपछि बल प्रयोग गर्नु परेको जनाएको छ।