कैलाली। सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाले आफ्नै पालिकाभित्र ५ वटा माध्यमिक विद्यालय भवन निर्माण गर्ने भएको छ।
ऋार्थिक वर्ष २०७८र७९ मा बजेट विनियोजन गरी नगरपालिकाभित्र पर्ने वालसेवा मा.वि, जनसेवा मा.वि, कालिका मा.वि, जनजाग्रति मा.वि र राष्ट्रिय मा.वि गरी ५ वटा विद्यालय भवनको निर्माण प्रकृया शुरु गरेको हो।
उक्त भवनहरु निर्माणको लागि २०७८/०४/२२ गते वोलपत्र आह्वान गरेको थियो। नगरपालिकामा दर्ता भएको बोलपत्रको प्राविधिक तथा आर्थिक प्रस्तावको मुल्याङकन सकेर सम्झौताको अन्तिम चरणमा रहेको नगरपालिकको कार्यलयले जानकारी दिएको छ।
विद्यालयको भवनहरु निर्माण पश्चात सुदुरपश्चिम प्रदेशको विभिन्न जिल्लाबाट अध्ययनको लागि आएका विद्यार्थीले पुर्वाधारको कारण निजि विधालय जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास त्यहाँका स्थानीयले राखेका छन्।