काठमाडौं। सूर्योदय वोमी लघुवित्तको एफपीओ भोली बाँडफाँट हुने भएको छ। भोलि साउन १६ गते बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट हुने भएको हो।
उक्त लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो।
सो एफपीओ भर्ने मान्छेको संख्या अधिक भएका कारण धेरै भाग्य हुनेले मात्र एफपीओ हाल पार्ने बताइएको छ। गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ।