सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवनकाे निर्माण कार्य हालसम्म ७० प्रतिशत पूरा भएकाे छ। अहिलेसम्म भवन निर्माणको भौतिक प्रगति ७० प्रतिशत पुगेको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको हाे ।
उक्त भवन निर्माण कार्य समयमा पूरा नभएपछि २०८० साल माघ १ देखि २०८१ साल पुस २९ सम्मका लागि म्याद थप गरिएको छ।
२०७९ साल पुस २८ निर्माण सम्पन्न गर्नेगरी २०७८ साल असार २८ देखि भवन निर्माणको काम सुरु भएको थियो। अहिले पटक पटक म्याद थप गरेर काम गर्दा समेत निर्माण सम्पन्न हुन नसकेपछि फेरि एक वर्ष थप गरेको कार्यालयले जनाएको छ ।