पर्वत। जिल्लाको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ। तीन वर्षमा उक्त प्रशासकीय भवन निर्माण सम्पन्न भएको हो।
उक्त भवन रु पाँच करोड ४८ लाख ४८ हजार नौ सय ९० लागतमा निर्माण भएको गाउँपालिकाले जनाएको छ। विवेक एन्ड कुवेर बिल्डर्स वालिङ स्याङ्जाले सो भवन निर्माण गरेको हो।
पैयूँ गाउँपालिकाको कार्यालय भाडाको भवनमा सञ्चालन हुँदै आएकोमा अब भवन निर्माण भएपछि आफ्नै भवनबाट सेवा प्रदान गर्ने छ।
आफ्नै भवनबाट सेवा प्रदान गर्न आतुर रहेको गाउँपालिकाले जनाएको छ। यहि शुक्रबारबाट निर्माण भएको भवनबाट सेवा दिने बताइएको छ।