काठमाडौं। धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन गरिएको छ। भारतको सहयोगमा निर्माण भएको वार्ड भवन उद्घाटन गरिएको हो।
उक्त वार्ड भवनको बुधबार भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले उद्घाटन गरेका हुन्।
भारत सरकारले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र यस अस्पतालको लागि वार्ड भवन निर्माणमा पनि सहयोग गरेको भन्दै अस्पताल परिवारले भारत सरकारलाई धन्यवाद ज्ञापन गरे।
नयाँ निर्माण भएको भवनले सबै नेपाली नागरीकलाई सहज सेवा सुविधा लिन सहयोग पुग्ने विश्वास गरिएको छ।