बर्दीबास। आश्रम निर्माण गर्न (सोमबार) देखि बर्दीबासमा महायज्ञ सुरु भएको छ। सडक मानव आश्रमका लागि ‘हाम्रो मायाको घर’ निर्माण गर्न महायज्ञ सुरु भएको हो।
महायज्ञ (सोमबार) देखि २९ गतेसम्म आयोजना हुने बताइएको छ। महायज्ञमा एक लाखभन्दा बढी दर्शनार्थी सहभागी हुने अनुमान गरिएको छ ।
दुईवटा भवन निर्माणका लागि आवश्यक ११ करोड रुपियाँको स्रोत जुटाउने पहिलो अभियान महायज्ञबाट सुरु गरिएको आयोजक समितिले जनाएको छ।