काठमाडौं। दुई दिन लगातार घटेको सुनको मुल्य आज बढेको छ। आज प्रतितोला ३ सयले बढेको हो।
आज छापावाल सुनको मुल्य प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी तेजाबी सुन तोलामा १ लाख ४५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघ बताएको छ।
यता चाँदी तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ।