काठमाडौं। टीकापुरमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण गरिएको छ। एक करोड ८९ लाख लागतमा भवन निर्माण गरिएको हो।
भवन निर्माणमा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सहयोग गरेको बताइएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा उक्त भवन निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो।