लेखनाथ। मालमुलमा प्रमुख प्रशासकीय भवन निर्माण गरिदैँ छ। पोखरा महानगरपालिका वडा नम्बर ३२, मालमुलमा प्रमुख प्रशासकीय भवन निर्माण गरिदैँ हो।
निर्माणाधिन प्रशासकीय भवन तीन तले रहने बताइएको छ। निर्माणको जिम्मा १० करोड ९२ लाख ७१ हजार लागतमा अमेक्क्षा निर्माण कम्पनी काठमाडौंले पाएको हो।
भवन निर्माण २०८२ मङ्सिर २ गतेभित्र सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ।