काठमाडौं। हेटौंडामा स्वास्थ्य सामग्री भन्डारण भवन निर्माण सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय दातृ संस्था सेभ द चिल्ड्रेनले ३ करोड २८ लाख रुपैयाँको लागतमा निर्माण गरेको भवनको सम्पूर्ण काम पूरा गरी बागमति प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो।
हेटौंडामा बिहीबार आयोजित कार्यक्रममा सेभ द चिल्ड्रेन नेपालकी निर्देशक तारा क्षेत्रीले औपचारिक रुपमा भवन प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरेकी छन्।
सरकारी स्वामित्वको ४७० वर्ग मिटर क्षेत्रफलमा उक्त भवन अपांगता–मैत्री, सीसीटीभी क्यामरा निगरानी, फायर अलार्म प्रणालीयुक्त र चौबिसै घण्टा सौर्य उर्जा व्याकअप प्रणाली जडित छ।
२०८० चैत ४ गतेबाट निर्माण सुरु गरिएको भवनको निर्माण २०८१ असार मा नै सम्पन्न भएको हो।