काठमाडौं। खडक नगरपालिकाको समन्वय तथा सबल नेपालद्वारा सञ्चालित वास एसडीजी कार्यक्रमअन्तर्गत वडा नम्बर ११ बनौलीमा निर्माण गरिएको स्वास्थ्य चौकीको शौचालय हस्तान्तरण गरिएको छ। सबल नेपालद्धारा निर्मित दुई कोठे पक्की शौचालय हस्तान्तरण गरिएको हो।
वडा नम्बर ११ का वडाध्यक्षको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरप्रमुखको उपस्थिती रहेको थियो। स्वास्थ्य चौकी प्रमुख गजेन्द्र साहले स्वागत गरेको कार्यक्रममा जग्गादाता श्रीमती घुर्नी देवीलाई सम्मान गरिएको थियो। कुल ६ लाख ६१ हजार रुपैयाँको लागतमा निर्माण भएको सो शौचालयमा सेफ्टी टयांकी, हात धुने व्यवस्था, नुहाउने सुविधाकोरहेको छ। यसैगरी उक्त शौचालय अपांगतामैत्री रहेको जनाइएको छ।