कालिकोट। कालिकोटको खाडाचक्र–१० चौखोला नजिकै ढुंगासहित पहिरो खसेको छ। अविरल वर्षापछि सोमबार कालीकोटको चौखोलामा पहिरो गएको हो।
पहिरो गएपछि कालीकोट–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ।
प्रहरीका अनुसार अन्य स्थानको पहिरो हटाएसकेको भएपनि चौखोलामा घरजत्रा ढुंगा खसेकाले विस्फोट गर्नुपर्ने अवस्था छ। विस्फोट गरेर ढुंगा फुटाएर नहटाएसम्म सडकमा यातायात सञ्चालन गर्न सकिने अवस्था छैन। प्रहरीले ढुंगा विस्फोट गराउन नेपाली सेनासँग समन्वय गर्ने जनाएको छ।
पहिरोले सडक अवरुद्ध भएपछि विभिन्न स्थानका लागि हिँडेका यात्रुहरु बाटोमै अलपत्र परेका छन्।