काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरूलाई उद्योग स्थापना गर्दा विद्युत् नपाएर उद्योग बन्द हुने हो कि भन्ने शङ्कारहित भएर उद्योगमा लगानी गर्न आग्रह गरेकी छन्। बिहीबार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग विद्युत् आपूर्ति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले व्यवसायीले उद्योग स्थापना गर्दा विद्युत् नपाएर उद्योग नै नचल्ने हो की भन्ने शङ्का रहित भएर उद्योगमा लगानी गर्न आग्रह गरेकी हुन्।
यसैगरी विभिन्न उद्योगमा विद्युत् आपूर्तिका समस्याहरू रहेको तर, प्राधिकरणले समस्या समाधानको लागि काम गरिरहेको उनले जानकारी दिएकी छिन्। उनले उद्योग सञ्चालनमा विद्युत् गुणस्तर नपुग्ने समस्यालाई प्राधिकरण गुणस्तर क्षमता बढाएर विद्युत् दिने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। साथै सरकारले विद्युत् महसुल कम गर्ने योजना बनाइरहेको भएपनि तत्काल विद्युत् महसुल सस्तो दिन सक्ने अवस्था नभएको पनि उनले जनाएकी छिन्
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणको सर्भिस डेलिभरीको विषयमा निजी क्षेत्रले सहयोग गर्नु पर्ने बताएका छन्। निर्देशक घिसिङले सर्भिस डेलिभरीका विषयमा प्राधिकरणलाई सम्पर्क गर्न आग्रह गरेका छन्। साथै उनले धेरै उद्योगी व्यवसायीहरूको प्राधिकरणको विद्युत् सर्भिस कमजोर भएको गुनासो आएको बताएका छन्।