म्याग्दी। चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ। म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको हो।
रघुगंगा गाउँपालिकाले एक करोड ६७ लाख लागतमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो।
भवन निर्माण गर्न स्थानीयवासीको १० लाख र रघुगंगा गाउँपालिकाको १० लाख बजेटमा पाँच रोपनी जग्गा खरिद गरिएको गाउँपालिकाले जनाएको छ।
नयाँ भवन हस्तान्तरण भएपछि सेवा सञ्चालनको तयारी गरेको गाउँपालिकाले जनाएको छ। अहिले कच्ची भवनबाट स्वास्थ्यसेवा सञ्चालन गरिरहेको मा अब नयाँ भवनबाट सेवा दिन उत्साहित भएको बताइएको छ।