सुर्खेत। कर्णाली प्रदेशमा जोखिमयुक्त घरहरुको बीमा गरिने भएको छ।
‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै जोखिमयुक्त घरहरुको बीमा गर्ने तयारीमा प्रदेश सरकार रहेको जानकारी दिएका हुन्।
उनले प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा घर बीमामा साढे चार करोड बजेट छुट्याएको समेत जानकारी दिए।
चालु आर्थिक वर्षमा विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमाका लागि प्रदेश सरकारले एक करोड ७५ लाख बजेट छुट्याएको समेत मुख्यमन्त्री कँडेलले बताए।