रौतहट। आधुनिक पशु तथा कृषि प्रयोगशाला भवन निर्माण सुरु भएको छ। रौतहट जिल्लाको सदरमुकाम गौरमा उक्त भवन निर्माण सुरु गरिएको हो।
भवनको भुईँ तलामा कृषि र पशुको दुई वटा ल्याब, पहिलो तल्लामा ५० जना अटाउने सेमिनार हल , दोस्रो तल्लामा गेस्ट हाउस रहने जनाइएको छ।
उक्त भवन सिएम कन्स्ट्रक्सन जोरपाटी काठमाडौँले २ करोड ३० लाख ४० हजार लागतमा निर्माण गरिरहेको छ। सङ्घीय सरकारको आर्थिक सहयोगमा भवन निर्माण गरिरहेको बताइएको छ।
भवन निर्माण भएपछि स्थानीयस्तरमा विभिन्न सुविधाहरु उपलब्ध गराइने बताइएको छ। स्थानीयहरु पनि खुशी भएका छन्।