काठमाडौं। इलाका प्रशासन कार्यालय रामपुरले सुविधा सम्पन्न भवन निर्माण गरेको छ। कार्यालयले पाल्पा जिल्लाको रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा भवन निर्माण गरेको हो।
भाडाको घरबाट सेवा सुविधा दिदै आएको कार्यालयले अहिले नवनिर्मीत भवनबाटै सेवा सुविधा दिन सुरु गरेको छ।
उक्त भवन बाँसुरी मोबाइल जेभीले भ्याट सहित ४ करोड ६८ लाख ६८ हजार ८ सय रुपैयाँ लागतमा निर्माण गरेको कार्यालयले जनाएको छ।
भाडाको घरबाट सुवा सुविधा दिदाँ निकै समस्या हुँदै आएकोमा आफ्नै भवनबाट सहज भएको कर्मचारीले बताए। स्थानीय पनि सहज र छिटो सेवा लिन पाँउदा उत्साहीत भएको बताए।