नवलपरासी। जिल्लाको बौदिकाली गाउँपालिकाले प्रशासकीय भवन निर्माण गरेको छ। गाउँपालिकाले छ करोड ३४ लाख लागतमा प्रशासकीय भवन निर्माण गरेको हो।
आफ्नो भवन नहुँदा भाडामा बस्दै आएको पालिकाले आफ्नै तीन तले भवन निर्माण गरेको हो।
अब पालिकाले प्रदान गर्ने सबै सुविधाहरु नयाँ भवनबाट सहज रुपमा गरिने बताइएको छ।
कामाख्या बिएम जेभी नुवाकोटले निर्माण गरेको भवन म्याद अगावै सकेको गाउँपालिकाले जनाएको छ।
भाडाको घरबाट सेवा सुविधा दिन समस्या भइरहेकोमा अब आफ्नै भवनबाट सेवा दिन पाउँदा उत्साहीत भएको कर्मचारीले बताएका छन्।