काठमाडौं। आज सुनको मुल्य स्थीर रहेको छ। अघिल्लो दिन सोमबारकै मुल्य आज पनि कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेको हो। प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।