सांकेतिक तस्बिर
रुकुम पश्चिम। रुकुम पश्चिममा भूकम्पप्रतिरोधी घर बनाउन तालिम दिन सुरु गरिएको छ। आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)को आर्थिक सहयोगमा सहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा डकर्मिलाई तालिम दिन थालिएको हो।
६ वटा पालिकाका ५र५ जना गरेर ३० जना डकर्मीलाई सोमबारदेखि सात दिने तालिम दिन सुरु गरिएको विभागले जनाएको छ।
गत वर्षको कात्तिक १७ गतेको भूकम्पले क्षतिग्रस्त भएका ठाउँमा र अन्य स्थानमा पनि भूकम्पप्रतिरोधी घर निर्माणका लागि तालिम दिन सुरु गरेको विभागको भनाइ छ।