काठमाडौं। बूढानीलकण्ठमा पाँचतारे होटल ‘होलिडे इन’ सञ्चालनमा आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ३ अर्ब लगानीमा ‘होलिडे इन’ सञ्चालनमा ल्याएका हुन्।
होलिडे इन अमेरिकी आधारित मिडस्केल होटल चेन हो। २०७८ बाट निर्माण सुरु भएको होटलको काम कोभिड र आर्थिक मन्दिको कारण समयमा पूरा हुन सकेको थिएन।
१ लाख ४२ हजार ७८३ वर्गफिट क्षेत्रफलमा फैलिएको होटलमा १०४ कोठा छन। कोठाहरूमा ५५ इन्चको स्मार्ट टिभी, उच्च गतिको वाइफाइ, नरम र बलियो तकियासहितको उच्च गुणस्तरको निद्राको अनुभव लिँदै पहाड र उपत्यकाका दृश्यहरूलाई नियाल्न सकिने बताइएको छ।