मकवानपुर। पहिरोका कारण पूर्वी मकवानपुरको बकैया गाउँपालिका–१२ कोलखोपमा रहेको श्री प्राथमिक विद्यालयको भवन भत्किएको छ। मंगलबार माथिबाट खसेको पहिरोले विद्यालयको २ वटा कक्षा कोठा र शौचालयमा क्षति पुगेको हो।
पहिरोले ती कक्षाकोठामा रहेका फर्निचर र फाइलहरु समेत पूर्णरुपमा क्षति भएको विद्यालयले जनाएको छ।
विद्यालयको कक्षा २ र ३ पढाइ हुने २ वटा कोठा पूर्णरुपमा क्षति भएपछि अहिले ती विद्यार्थीलाई अन्य कक्षाकोठामा राखेर पढाइरहेको समेत विद्यालयका एक शिक्षकले बताए।