धनगढी। धनगढी उपमहानगरपालिका– ४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवं वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। बुधबार परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भवनको उद्घाटन गरेकी हुन्।
भवन उद्घाटन गर्दै मन्त्री राणाले सूदुरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताइन्। उनले यस क्षेत्रको विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग कुरा उठाएको समेत जानकारी दिएकी छन्। उनले गौरीफन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्नेगरी स्तरोन्नति गर्ने विषयमा समेत आफूले भारत सरकारसँग कुरा राखेको जानकारी दिइन्।
उनले धनगढीको फाप्लुमा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि आफूले कुरा उठाएको बताएकी छन्।