काठमाडौं। लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना १२०० शय्याको अस्पताल भवन शिलान्यास गरेका हुन्।
भवन निर्माणका लागि दुई नेपाली र एक भारतीय निर्माण कम्पनीसँग संयुक्त रूपमा ५ वर्षभित्र काम सक्ने गरी ६ अर्ब १८ करोड रुपैयाँमा सम्झौता भइसकेको छ।
१० लताको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ हुनेछ भने पाँच तलाको भवनमा एक तला अन्डरग्राउण्ड पार्किङ हुनेछ ।
पाँच तलाको क्यान्सर उपचारको छुट्टै भवन हुनेछ । १० तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ हुनेछ भने पाँच तलाको भवनमा एक तला अन्डरग्राउण्ड पार्किङ हुने बताइएको छ।
भवनको अगाडिको भागमा अत्याधुनिक बहिरंग सेवा ओपीडी, आपतकालीन उपचार, इमर्जेन्सी र इन्डोर सर्भिस कक्षसहित १२ सय बेड रहने छन् ।
साथै विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुने बताइएको छ।